काठमाडौं, १८ फागुन । रसुवाको भोर्ले गाबिसका तीन वटा सामुदायीक विद्यालयका भूकम्प पीडित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । सेडर फण्डको सहयोग र आईटिनसँगको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपाल नवलपरासीले २७३ जना भूकम्प पीडित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

Bikashnews.com

रसुवाको भोर्ले गाबिसस्थित सेतीदेवी उच्च माविका १९७, सुर्योदय प्रावि कोलडाडाका ४४ जना र सुर्याेदय प्रावि धुसेनीका ३२ जना बालबालिकालाई सो शैक्षिक सामाग्री प्रदान गरिएको हो । राजनीतिक दलका स्थानिय प्रतिनिधी, विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिका तथा दुई सय स्थानियहरुको उपस्थितीमा सहयोग सामग्री वितरण गरिएको थियो ।
भूकम्प पीडित बालबालिकाहरुको शैक्षिक उन्नयनका लागि सहयोग उपलब्ध गराईएको जागृति बाल तथा युवा सरोकार नेपाल नवलपरासीका अध्यक्ष तिलोत्तम पौडेलले बताए । उनले बालबालिकाहरुको ध्यान शैक्षिक क्रियाकलापमै केन्द्रित गराईराख्ने उदेश्यले सहयोग गरिएको र त्यसले बालबालिकाहरुको शैक्षिकस्तर उकास्न सहयोग पुग्ने पनि बताए ।

jcyc_

कक्षा नर्सरीदेखि १० सम्म अध्ययन गरिरहेका ती बालबालिकाहरुलाई विद्यालय पोशाक, कापी, कलम, पेन्सिल, ब्याग, जुत्ता, छाता लगायतका सामग्री सहयोग गरिएको थियो । बालबालिकालाई युग सुहाउँदो शैक्षिक गतिबिधीमा केन्द्रित गराउने उदेश्यले शैक्षिक सामाग्री सहयोग गरिएको आईटिनका प्रतिनिधी कमल घर्तिले बताए ।

भूकम्पबाट प्रभावित सो क्षेत्रका सात वटा विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुका साथै आगामी छ महिनासम्म मनोसामाजिक तथा बाल अधिकार सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको जागृतिका अध्यक्ष तिलोत्तम पौडेलले बताए । ‘भूकम्पले बालबालिकामा गहिरो नकारात्मक प्रभाव पारेको छ, उनीहरुको पठन पाठनमै असहजता आएको देखिन्छ, हामीले शैक्षिक सामाग्री उपलब्ध गराउने र सचेतना अभियान समेत सञ्चालन गरेर उनीहरुको अध्ययन प्रक्रियालाई निरन्तरता दिन यस्तो कार्यक्रम ल्याएका हौं ।’ अध्यक्ष तिलोत्तम पौडेलले भने ।

कार्यक्रममा विद्यालयको बाल क्लबमा आवद्ध बालबालिकाहरुले सांगितिक प्रस्तुति दिएका थिए । गाउँका अविभावकहरुले सहयोग कार्यक्रमलाई गाबिस भर विस्तार गर्न अनुरोध समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *